मलाइकाको छल्किएको जवानी ट्रोलरलाई चित्त बुझेन

बलिउड अभिनेत्री मलाइका अरोडाले प्राय सामाजिक सञ्जालमा बोल्ड तस्बिरहरू सार्वजनिक गरिरहेकी हुन्छिन् । उनका हालै सार्वजनिक भएका तस्बिरले ट्रोलरको ध्यान तानेको छ।

अभिनेत्रीले आफ्नो अफिसियल इन्स्टाग्रामबाट हरियो रङको जालीदार कपडा लगाएर खिचाएका फोटो सुटका केही तस्बिर सार्वजनिक गरेकी छिन् ।

उनका तस्बिर सार्वजनिक भएपछि ट्रोलरहरुलाई भने चित्त बुझेन। उनको तस्बिरमा यस्तै रमाइला र उटपट्याङ प्रतिक्रियाहरू आइरहेका छन्।

मलाइकाका यी तस्बिर आयुष्मान खुरानाको अभिनय रहेको ‘एन एक्सन हिरो’ फिल्ममा रहेको पुरानो गीत ‘आप जैसा कोही मेरे जिन्दगीमे आए’ सुटिङका क्रममा सुट गराएकी हुन्।