प्रदीपले प्रचण्डको अगाडि सुनाएको भ्यागुतोको कथा के हो ?
नायक प्रदीप खड्काले राजनीतिमा आफूलाई कुनै न कुनै रुपमा सक्रिय बनाउने संकेत यसपटकको निर्वाचनमा देखाए । विशेषगरि, प्रदीपले यसपटक केही दलका नेताका लागि खुलेरै भोट मागे ।
यही क्रममा केही दिन अगाडि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा प्रदीपले एउटा भ्यागुतोको कथा सुनाए । जुन भिडियो टिकटकमा चर्चामा छ ।
प्रदीपले सुनाएको भ्यागुतोको कथा रोचक छ । उनले भने, एउटा भ्यागुतोलाई तातो, चिसोमा बस्न सक्ने बानी हुन्छ । उक्त भ्यागुतोलाई पानीमा राखेर तलबाट आगो लगाइन्छ । पानी विस्तारै तात्दै जान्छ, भ्यागुतोले आफूलाई त्यही अनुसार बदल्दै जान्छ । पानी तात्दै गएपछि भ्यागुतोको तातो सहन सक्ने क्षमता पनि बढ्दै जान्छ । तर, जब पानी तातो हुन्छ भ्यागुतोको सहन सक्ने क्षमता पनि सकिदै जान्छ । उ त्यहाँबाट भाग्न खोज्छ, तर सक्दैन र तातोले मर्छ । हो, हाम्रो पनि सहने क्षमता हुन्छ । तर, कती सहने भन्ने हुन्छ । यदि, हामीले हरेक कुरालाई सहेरै बस्यौं भने भ्यागुतो जस्तै आफूलाई नै मार्छौ । यसैले, आफूलाई समय अनुसार परिवर्तन गर्न सक्नुपर्छ ।
प्रतिक्रिया