रविलाई सघाउन नारायणतिरमा आए कलाकार दीपाश्रीदेखि रमेश उप्रेतीसम्म
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा माहौल बनाउन कलाकारहरू चितवन आएका छन्।
अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, अभिनेता रमेश उप्रेती, निर्देशक आसिफ साह, र गायक राजन इशान चितवन आएका हुन्।
नारायणी किनारमा पार्टीले आज आम सभा गर्दैछ। उनले उम्मेदवारी दर्ता गर्दा पेस गरेको नागरिकता रद्द भइसकेको खुलेसँगै उनको उम्मेदवारी भने सङ्कटमा छ।
कलाकारहरू भने उनको पक्षमा माहौल बनाउन चितवन आइपुगेका हुन्।
प्रतिक्रिया