उचाईलाई नेपाली फिल्म मेकरको साथ
शुक्रबारदेखि रिलिज भएको फिल्म उचाईले नेपाली दर्शकको मात्र नभएर नेपाली फिल्म मेकरको पनि साथ पाएको छ । बक्स अफिसमा सुखद कमाई गरिरहेको यो फिल्मको बिषयमा नेपाली फिल्म मेकरले पनि खुलेरै लेखिरहेका छन् । विशेषगरि, नेपालमा छायांकन गरिएको फिल्म भएकाले पनि यसले मेकरको साथ पाएको हो ।
काठमाडौंमा आयोजना गरिएको विशेष शोमा यो फिल्म हेर्न उल्लेख्य फिल्मीकर्मी पुगेका थिए । उनीहरुलृे उचाईले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो भुमिका खेलेको भन्दै प्रशंसा गरे ।
निर्देशक मिलन चाम्सले आफूले विदेशी फिल्मको प्रमोशन यस अगाडि नगरेको भए पनि यसपटक नेपालको भूमिलाई गज्जब तरिकाले खिचिएको भन्दै यो फिल्मलाई सबैले साथ दिन आवश्यक रहेको उल्लेख गरेका छन् । उनीमात्र होइन अन्य थुप्रै मेकर पनि यसको पक्षमा खुलेर लागेका छन् ।
विश्वको सबैभन्दा अग्लो सगरमाथाको आधार शिविरसम्म खिचिएको यो फिल्मले नेपालको पर्यटनको विकासमा ठूलो भूमिका खेलेको छ ।
सुरज बड्जात्याको निर्देशनमा तयार भएको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, डेनी लगायतको मुख्य भूमिका छ ।
प्रतिक्रिया