जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पलको पुनरावेदन
नाबालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा दोषी ठहर भएर सजायँ काटिरहेका नायक पल शाहले यस विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । जिल्ला अदालतको फैसला उल्टाएर सफाई दिनुपर्ने माग गर्दै शुक्रबार निवेदन दर्ता गराइएको हो ।
पलको जिल्ला अदालत तनहुँबाट अझै पनि फैसला आइसकेको छैन । तर, जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनी पुनरावेदनमा गएका हुन् । नाबालिकामाथि बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गरेको हो ।
उनलाई साढे २ बर्ष कैद, २५ हजार जरिवान र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तीको फैसला सुनाइएको हो । पललाई हाल तनहुँको कारागारमा राखिएको छ ।
प्रतिक्रिया