२६ लाखमा बनेको शोभितको ‘बद्री बहादुर’को विदेश राइट्स २० लाखमा बिक्री

निर्देशक शोभित बस्नेतले २६ लाखमा बनेको आफ्नो फिल्म ‘बद्री बहादुर’को बिदेश राइट्स मात्र २० लाखमा विक्री गरेका छन् । आज, काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शोभित र पूजा तामाङबिच लिखित संझौता भयो । पूजाले विदेशको सम्पूर्ण अधिकार २० लाखमा खरिद गरेकी हुन् ।

निर्देशक बस्नेतले कलाकारको क्रेज, निर्माणको लाखत खर्च सबै हेरेर आफूले २० लाखमा बिदेश राइट्स बेचेको बताए । यस्तै, फिल्मको बिदेश अधिकार खरिद गरेकी पूजाले आफूले यो फिल्मबाट फिल्म किन्न सुरु गरेको बताइन् । यो फिल्ममा नायिका पूजा शर्मा र नायक सलोन बस्नेतको एउटा गीतमा नृत्य छ । शोभितले पूजा र सलोनको टाउको नबेचेको बताए ।

फिल्मको मुख्य कलाकारमा जय किशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङ लगायतका कलाकारको अभिनय छ । विनोद सापकोटाको छायांकन रहेको फिल्ममा बन्दे प्रसादको सम्पादन, रामकाजी घिमिरेको लेखन छ ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव वीकको नृत्य निर्देशन, शंकर महर्जनको एक्सन छ ।