भीएफएक्समा आलोचना भएपछि प्रभाषको ‘आदिपुरुष’ पोष्टपोन्ड
महंगो बजेटमा बनेको हिन्दी फिल्म ‘आदिपुरुष’को रिलिज मिति पोष्टपोन्ड भएको छ । यो फिल्म जनवरी १२ तारिखबाट विश्वभर रिलिज हुने पक्का भएको थियो ।
तर, यो फिल्मको टिजर सार्वजनिक भएपछि आलोचना बढी भयो । विशेषगरि, यो फिल्मको भीएफएक्सको चर्को आलोचना भएपछि यसको निर्माणपक्षले तोकिएको मितिमा फिल्म नचलाउने निर्णय गरेको हो ।
अब, यो फिल्म जुन १६ तारिखबाट विश्व बजारमा रिलिज हुनेछ । फिल्ममा रामको भूमिकामा प्रभाष, सिताको भूमिकामा कृति र रावणको भूमिकामा सैफअली खान देखिएका छन् । फिल्मका निर्देशक ओम राउत हुन् । यो फिल्मका लागि निर्माताले १ सय करोड बढी खर्च गर्ने तयारी गरेका छन् ।
साउथका स्टार नायक प्रभाषको पछिल्ला फिल्म लगातार फ्लप भैरहेका छन् । ‘बाहुबली’बाट चर्चामा आएका प्रभाषको ‘साहो र राधे श्याम’ फ्लप भएका थिए । यसैले, प्रभाषलाई चल्नैपर्ने दबाब छ ।
प्रतिक्रिया