रेखाको ‘विचमा प्याच्च प्याच्च बोल्नु भएन नी दिदी’ भनेको भिडियो भाइरल
नायिका रेखा थापा मंसिर ४ गते निर्वाचनका लागि भोट माग्न व्यस्त छिन् । मोरङ क्षेत्र नम्बर ३ बाट राप्रपा पार्टीको उम्मेदवार बनेकी रेखा विगत केही समयदेखि निर्वाचन क्षेत्रमा छिन् । रेखा मतदाता रिझाउँदै भोट माग्न व्यस्त छिन् ।
उनै, रेखाको एउटा भिडियो टिकटकमा भाइरल छ । जहाँ, उनी र एक जना महिलाविचको संवाद छ । उक्त भिडियोमा रेखा थोरै रिसाएको देखिन्छ ।
रेखा र ती एक महिलाविचको संवाद यस्तो छः
रेखाः बहिनीसँग मात्र होइन, दाजुभाइसँग पनि माग्न पर्यो नी ।
महिलाः होइन सबैसँग ।
रेखाः दाजुभाई रिसाउनुहुन्छ ।
महिलाः रिसाउनुहुन्न ।
रेखाः दिदी म एकछिन बोलु कि तपाई बोल्नुहुन्छ ।
महिलाः होइन बोल्नु न ।
रेखाः लास्टमा बोल्ने तपाई ।
महिलाः होइन बोल्नु न, बोल्न पाइन्छ ।
रेखाः विचमा प्याच्च प्याच्च बोल्यो भने मज्जा आएन नी त दिदी ।
महिलाः होइन होइन । भन्न त पाइयो नी ।
रेखाः (महिलालाई बोल्दै गरेको माइक दिदै) तपाई नै भन्नुहोस् ।
महिलाः होइन होइन म बोल्दिनँ । होइन होइन ।
रेखाः तपाई एकछिन बोल्नु न ।
प्रतिक्रिया