ढुंगा प्रहारपछि समीक्षाको प्रतिक्रिया–‘घरमा दिदीबहिनी छैनन्’

शुक्रबार आयोजना भएको एक सांकृतिक कार्यक्रममा गायिका समीक्षा अधिकारीमाथि ढुंगा प्रहार भयो । संखुवासभाको खाँदवारीमा आयोजना भएको सांगीति कार्यक्रममा क्याप लगाएर स्टेज चढेकी समीक्षामाथि ढुंगा हानिएको थियो ।

तर, ढुंगा स्टेजसम्म पुगेन । समीक्षाले भने ढुंगा प्रहार भएको थाहा पाइन् । थाहा पाएपछि उनले माइकमै भनिन्–‘प्लिज यस्तो नगरिदिनुहोला । तपाइको घरमा आमा, दिदीबहिनी छैनन् ।’

केही यूवाहरुले समीक्षाको बेइज्जत गर्नका लागि ढुंगा हानेका थिए । तर, केहीले भने उनलाई आई लभ यू समेत भन्न भ्याए । जसको जवाफ दिदै समीक्षाले –‘आई लभ यू टू’ भनेकी थिइन् ।

गायिका अधिकारी एक घटनाबाट विस्तारै बाहिरिदैछिन् । तर, बारम्बार उनीमाथि यस्ता खालका प्रहारले उनलाई अझै विक्षिप्त बनाइरहेको छ ।