‘निर्माताहरूको विवादले गर्दा फिल्म ‘लाखे’ कील भयो’
मल्टिस्टारर फिल्म ‘लाखे’ शुक्रवारबाट प्रदर्शन भइरहेको छ ।
यो फिल्म सुरु देखिनै कहिन केही कारण निर्धारित मितिबाट धकेलिँदै तेस्रो पटक सम्म आएर प्रदर्शन भएको हो । फिल्म ‘लाखे’को यति बेला असन्तुष्टि बाहिरिन थालेको छ । यो विवाद हुनुमा निर्माताहरूको मनमुटाब रहेको पाइएको छ । जसमा फिल्म ‘लाखे’का अभिनेता रोहित रुम्बाले निर्माताहरूको मनमुटाबले गर्दा राम्रो फिल्म मारिएको बताएका छन् ।
अभिनेता रोहितले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै निर्माताको असमझदारीबारे असन्तुष्टि व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘निर्माताहरूको मनमुटाबले गर्दा राम्रो फिल्मको कील भयो ।’
अभिनेता रोहितको असन्तुष्टि यस्तो बेलामा आएको छ। फिल्मले राम्रो एक्सनको रूपमा प्रशंसा बटुलिरहेको छ । रोहितको यो स्ट्याटसले निर्माताहरूभित्र विवादै-विवाद भरिएको आङ्कलन गर्न सकिन्छ ।
फिल्मले राम्रो प्रतिक्रिया पनि शुक्रवार र शनिवार पनि लाखेले अपेक्षित ओपनिङ गर्न सकेको थिएन ।
फिल्म रिलिज भएको तीन दिनमै हलहरूले शोमा भारी कटौती गरेका छन् । क्यूएफएक्सले सोमबार फिल्मलाई एकै पटक चार शोमा सीमित गरिदिएको छ।
ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।
सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, प्रशान्त ताम्राकार, आर्यन अधिकारी, अनुपविक्रम शाही, सुशील सिटौलाको अभिनय छ ।
प्रतिक्रिया