‘के घर के डेरा’ चलेपछि के वर्षाले अब फिल्म पाउलिन् ?

नायिका वर्षा राउतले विगत ३ बर्षयता जम्मा एउटा नयाँ फिल्म साइन् गरिन्, लाखे । यो फिल्म भोलीबाट रिलिज हुँदैछ । उनले अभिनय गरेको ‘के घर के डेरा’ लकडाउन अगाडि नै घोषणा गरिएको हो ।

वर्षालाई फिल्मको अफर नै आएको थिएन । विशेषगरि, एउटा विवादमा फसेपछि वर्षाको हातबाट धेरै फिल्म फुस्किएका थिए । उनै, वर्षालाई ‘के घर के डेरा’ हिट भएर ठूलो राहत भएको छ ।

वर्षा आफू पनि यो फिल्म चलेको खण्डमा आगामी दिनमा फिल्म पाउन सजिलो हुने कुरामा ढुक्क छिन् । अब, फिल्म चलेपछि वर्षालाई फिल्मको अफर कती आउला भन्ने चासो धेरैमा छ ।

वर्षा आफू भने अब फिल्ममा काम गर्दा ध्यान दिएर गर्ने बताउँछिन् । किनकी, वर्षाले काम गरेका फिल्ममा पनि उनको भूमिका प्रभावशाली छैन । यसैले, वर्षा अब फिल्ममा काम गर्दा कथावस्तुलाई बढी ध्यान दिने तर्क गर्छिन् ।