नेपाली बक्स अफिसमा पनि किन चम्कियो ‘कान्तरा’ ?

रिसब सेट्टी नेपाली दर्शकका लागि खासै परिचित नाम थिएनन् । अझ, कन्नड फिल्म त नेपाली दर्शकका लागि विस्तारै प्रिय हुन थालेको हो । ‘केजीएफ २’ले नेपाली बक्स अफिसमा धुम मच्चाएपछि विस्तारै कन्नड फिल्मको क्रेज नेपालमा सुरु भएको हो ।

तर, विगत केही सातादेखि नेपाली बक्स अफिसमा ‘कान्तारा’ नामक कन्नड फिल्मको हिन्दी भर्सनले धुम मच्चाइरहेको छ । भारतमा हिन्दी भाषामा जसरी यो फिल्मले धुम मच्चाइरहेको छ, नेपालमा पनि व्यापार उस्तै छ । मल्टिप्लेक्समा यो फिल्म निरन्तर चलिरहेको छ ।

२ घन्टा ३० मिनेट लामो यो फिल्ममा एक्सन, ड्रामा र प्रकृतीसँगको रोमान्चक कथा छ । यो फिल्म नेपाली दर्शकले मन पराउनुको मुख्यकारण, यसको क्लाइमेक्स हो । क्लाइमेक्सले दर्शकलाई जसरी रोमाञ्चक बनाउँछ, त्यो गज्जब छ ।

प्रकृती र मानव विचको सम्बन्धमा निर्माण भएको साढे २ घन्टा लामो फिल्म नेपाली बक्स अफिसमा लामो समयसम्म चल्ने देखिन्छ ।

यो फिल्मलाई रिसबले ठूलो क्यानभासमा बनाएका छन् । नेपाली दर्शकका लागि यो फिल्मको कथा विल्कुलै नौलो छ । अझ, यसको प्रस्तुति बेजोड छ । जसकाकारण, यो फिल्मको व्यापार हरेक साता बढिरहेको छ ।