अर्पणको डर–‘आफ्नो पालोसम्म नेपाली फिल्म यसरी नै चल्ने हो कि’ ?
नायक अर्पण थापाले आफ्नो पालासम्म नेपाली फिल्म यसरी नै चल्ने हो कि भन्ने डर आफूमा सधै रहेको बताएका छन् । फिल्म ‘लाखे’को प्रचारका क्रममा मिडिया कुराकानीमा उनले भने–‘हामी सधै नै चलिरहेको छ भनेर नै चल्ने हो कि विश्व बजारमा हामीले चिनाउने हो भन्ने डर छ । चलेको छ ठिकै छ भनेर कहिलेसम्म हिड्ने ? फिल्म एउटा ठाउँमा बसेर पालिने माछा होइन । अहिले त संसार नै व्यापारका लागि खुल्ला छ ।’
उनले अगाडि भने–‘हामी अलीअलीमै खुशी हुने हो कि, विश्व बजारमा नेपाली फिल्म पुर्याउने हो । हामीसँग पनि कथा छ, कलाकार छन् भनेर सबैले सोचेर काम गर्ने हो कि । कि, मैले पैसा कमाइहाले, गाडी किनिहाले भनेर सोच्ने मात्र हो । फिल्मलाई आर्टको रुपमा लिएर संसारभर नाम कमाउने हो कि होइन भन्ने डर लागेको छ ।’
उनले, सधै नै नेपाल भनेको सगरमाथाको देश भनेर चिनाउने कि फिल्मका कारण पनि चिनाउने हो भनेर प्रश्न गरेका छन् ।
प्रतिक्रिया