फागुणमा ९ फिल्म जुध्दै
नेपाली फिल्मीकर्मीको सबैभन्दा ठूलो रोग हो, इगो । अझ, यसमा वितरक पनि सहभागी भैदिए भने सकियो । इगोकै कारण को भन्दा को कम भन्ने परिपाटी नेपालमा हाबी छ । यहीकारण, नेपाली फिल्मका निर्माता एक आपसमा जुधेरै सकिन्छन् ।
फागुण महिनालाई त भिडन्तको महिना भन्दा पनि फरक पर्दैन । किनकी, यो महिना २ वटा मितिमा केही बिदा पर्छ । जसकाकारण, निर्माताहरु फिल्म रिलिजका लागि हानथाप गरिरहेका छन् ।
फागुणको ५ गते मात्र ३ वटा फिल्म भिड्दैछन् । बक्स अफिसमा भिड्न लागेका ३ फिल्ममा रामबाबु गुरुङको ‘फूलबारी’, घनश्याम लामिछानेको ‘लण्डन टू पेरिस’ र नारायण रायमाझीको ‘परदेशी २’ छन् ।
फागुणको १२ गते अहिलेसम्मलाई सरोज खनालको ‘बगान’ एकल रिलिज हुँदैछ । तर, फागुणको १९ गते त झनै बिजोग छ । केही दिनको बिदा देखेर निर्माताहरु फिल्म रिलिज गर्न तछाडमछाड गरिरहेका छन् ।
यो मितिमा निगम श्रेष्ठको ‘छड्के २’, हेमराज वीसीको ‘छक्का पन्जा ४’, भिड्दैछन् । साथमा, यही मितिमा ‘वर एन्ड बधु, बुलाकी, परस्त्री र गुलाबी’ पनि आउने पक्का छ । अब, भोलीका दिनमा कुनै निर्माता पछि सरे भने अर्को कुरा भयो । तर, आजका दिनसम्म फागुण महिनामा ९ वटा फिल्म जुध्ने पक्का देखिएको छ ।
प्रतिक्रिया