बलिउडका दर्शकले नपत्याएको ‘राम सेतु’ दोश्रो सातामा नेपाल भित्रियो
एक साता अगाडि नै नेपालमा रिलिज हुनुपर्ने बलिउड फिल्म ‘राम सेतु’लाई शुक्रबारबाट मात्र नेपालमा रिलिज हुने भएको छ । भारतमा मंगलबारबाट रिलिज भएको फिल्मले एक सातामा गतिलो व्यापार गर्न सकेन । अक्षय कुमार, ज्याकलिन फर्नान्डेज लगायतका कलाकारको अभिनय रहेको फिल्मले भारतीय बक्स अफिसमा औषत मात्र व्यापार गर्दै फ्लपको बाटो समातिसकेको छ ।
अझ, यो फिल्मलाई बलिउड समीक्षकदेखि दर्शकले समेत कमजोर प्रतिक्रिया दिएका छन् । तर, नेपाली २ वटा फिल्मले राम्रो व्यापार गरिरहेको समयमा बलिउडमा असफल भैसकेको फिल्म भित्राउन नेपाली वितरक किन हानथाप गरिरहेका छन् भन्ने प्रश्न पनि उठेको छ ।
‘के घर के डेरा र महापुरुष’ले बक्स अफिस तताइरहेका छन् । ‘लाखे’ कार्तिक १८ बाट रिलिज हुँदैछ । यही मितिमा फिल्म ‘फोन भुत’ पनि रिलिज हुँदैछ । यस्तो अवस्थामा वितरकले कुन लोभमा ‘राम सेतु’ भित्राए, यो उनीहरुले नै जान्ने कुरा भयो ।
प्रतिक्रिया