‘लाखे’का लागि दर्शकसँग भोट माग्दै वर्षा, प्रशान्त र अर्पण
कार्तिकको १८ गतेबाट नेपाली फिल्म ‘लाखे’ रिलिज हुँदैछ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो फिल्मलाई एक्सन जनरामा तयार पारिएको छ । फिल्म रिलिज हुन केही दिन मात्र बाँकी रहँदा यसका कलाकारको दौडधुप बढेको छ । फिल्ममा सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, आर्यन अधिकारी, प्रशान्त ताम्राकार, सुशिल सिटौला, रोहित रुम्बा, वर्षा राउत लगायतका कलाकारको अभिनय छ ।
फिल्मको प्रचारमा यसका कलाकार देखिएका छन् । यो फिल्मकी मुख्य नायिका वर्षा राउतले दर्शकले मन पराउने कथामा एक्सन जनराको फिल्म बनेको बताइन् । दर्शकले पारिवारिक कथामा बनेका फिल्मलाई माया गरिरहेको समयमा एक्सन जनराको कथालाई पनि रुचाउने वर्षाको भनाई छ ।
नायक अर्पण थापाले पनि फिल्मको कथा मन परेर आफूले काम गरेको बताए । उनले, फिल्मको नामलाई कथावस्तुले न्याय गरेको समेत सुनाए ।
फिल्ममा भिलेनको रुपमा देखिएका प्रशान्त ताम्राकारले पनि आफूलाई कथा मनपरेपछि अन्तिममा जोडिएको बताए । उनले भने–‘फिल्ममा मेरो भूमिका २० देखि २५ प्रतिशत मात्र छ । मध्यान्तरपछि म फिल्ममा देखिन्छु । तर, यसमा मेरो भूमिका प्रभावशाली भएर नै जोडिएको हुँ ।’
तीनै कलाकारले दर्शकसँग फिल्म हेर्नका लागि आग्रह गर्दै भोट समेत मागेका छन् ।
प्रतिक्रिया