६० काटेकालाई भोट नहाल्ने भन्दा दीपकको आलोचना, दिए स्पष्टिकरण
कलाकार दीपकराज गिरी सामाजिक संजालमा आफ्नो भनाइका कारण बेलाबखत विवाद र आलोचित पनि हुने गर्दछन् । तर, उनी सामाजिक संजालमा आउने प्रतिक्रियालाई सामान्य रुपमा लिन्छन् । दीपक हरेक बिषयमा बोल्ने यस्ता एक जना फिल्मीकर्मी हुन्, जसको चर्चा फिल्मसँगै स्टाटसले पनि हुने गर्दछ ।
उनै, दीपकले आइतबार लेखे–‘सबै फूल गुलाब हुदैनन् । सबै स्वतन्त्र बालेन हुँदैनन् । आफ्नो भोट खेर फाल्दिनँ, ६० काटेकालाई हाल्दै हाल्दिनँ ।’
दीपकको यो स्टाटसले सामाजिक संजालमा तरंग नै पैदा गर्यो । कतिपयले उनको यो बिचारको समर्थन गरे भने कतिपयले आलोचना पनि गरे । कतिपयले ६० बर्ष कटेपछि तपाई के गर्नुहुन्छ भनेर प्रश्न पनि गरे ?
सामाजिक संजालमा एघार सय भन्दा बढी प्रतिक्रिया आएपछि दीपकले जवाफ फर्काएका छन् ।
उनले लेखेका छन्–‘आ आफ्नो बिचार राख्नु भएकोमा धन्यवाद । मुख्यतः ६० बर्ष काटेका बिषयमा फरक मत पाएँ । मलाई थाहा उमेर सक्षमता फरक कुरा हो । मेरो आशय जोश र जाँगर भएका यूवालाई प्रत्यक्ष निर्वाचनमा पठाउनुहोस्, ६० काटेका अनुभवी नेताहरुले यूवाहरुलाई सरकारमा पठाएर आफूले पार्टीको नेतृत्व गरेर आफ्नो अनुभव उनीहरुसँग साटेर बस्नुहोस् भन्ने हो । ८० बर्षको उमेरमा पनि अरुले बोकेर चुनाव क्षेत्रमा लानुपर्ने स्थितमा चुनाव किन लड्नु ? यूवालाई प्रधानमन्त्री बनाएर आफू पार्टी हाकेर बस्दा हुँदैन ? ६० काटेकाले राजनीति नै नगर्नुहोस् भन्या होइन । त्यसैले म नेता मान्दिनँ होइन भोट हाल्दिनँ भन्ने आशय हो ।’
प्रतिक्रिया