निश्चल बस्नेतको चुनौती- ल मेरो फेसबुक बन्द गर !

अभिनेता तथा निर्देशक निश्चल बस्नेतले ‘नो नट एगेन’ भनेर प्रचार गर्ने निर्वाचन आयोगको चेतावनीप्रति आपत्ति जनाएका छन् ।

आयोगले शीर्ष नेताको तस्बिर राखेर सामाजिक सञ्जालमा प्रचार गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । साथै, त्यसरी फेसबुक पेज बनाएको भए हटाउन निर्देशन दिइसकेको छ । आयोगको यही निर्णयप्रति आपत्ति जनाउँदै उनले आफ्नो फेसबुक बन्द गर्न चुनौती दिएका हुन् ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सत्तामा बसेर हामी बनाउँछौँ नेपाललाई भन्ने पक्षमा नलाग्ने स्पष्ट पारेका छन् । यसै सन्दर्भमा बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै चुनौती दिएका हुन् ।

उम्मेदवारहरूलाई लक्षित गर्दै उनले लेखेका छन्, ‘२०औँ वर्ष सत्तामा बसेर, अहिले पनि हामी बनाउँछौँ नेपाल भन्नेलाई भोट यत्रैपनी हालिन्न।
लु बन्द गर्नुहोस् मेरो पनि फेसबुक !!’