‘महापुरुष’को देउसी भैलीमा नाँचे हरिवंश र गौरी मल्ल

फिल्मलाई लिएर ‘महापुरुष’ टिम उच्च आत्मविश्वासी देखिएको छ । यसैले, फिल्म चल्नु भन्दा ६ दिन पहिले आज नै यो फिल्मको प्रिमियर हुँदैछ । यसैविच, प्रचारलाई आक्रामक बनाइरहेको फिल्मको टिमले शनिबार बेलुकी काठमाडौंको नयाँ बाँनेश्वर चोकमा देउसी भैली कार्यक्रम आयोजना गरेको छ ।

संगीतकार संघ नेपाल, काठमाडौं महानगरपालिका, वडा नम्बर १० लगायतको सहयोगमा आयोजित कार्यक्रममा फिल्मका मुख्य कलाकारहरु हरिवंश आचार्य, गौरी मल्ल, अन्जना बराइली, अरुण क्षेत्री, राजाराम पौडेलले नृत्य गरे । इन्द्रेणी टिमसँग देउसी भैलो खेल्दा फिल्मका कलाकारहरुलाई दर्शकले साथ दिएका थिए ।

रेडियो अडियोले आयोजना गरेको कार्यक्रममा इन्द्रेणीका संचाल कृष्ण कँडेलसहित टिमले देउसी भैली गीत गाएको थियो । यो कार्यक्रम हेर्न नयाँ बाँनेश्वर चोकमा दर्शकको बाक्लो उपस्थिती थियो । दर्शकहरुले पनि कार्तिक ११ गते फिल्म हेर्ने वाचा गरेका थिए ।

प्रदीप भट्टराइको निर्देशनमा तयार भएको यो फिल्मले बाबुको कथा भन्छ ।