पौष १५ बाट रिलिज हुने ‘डिसेम्बर फल्स’को फस्टलुक गज्जब

पौषको १५ गतेबाट रिलिज हुने गरि फिल्म ‘डिसेम्बर फल्स’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रविण झाको निर्देशनमा बनेको यो फिल्मको २ वटा फस्टलुकमा नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको फरक फरक अवतार हेर्न सकिन्छ । आर्यन सिग्देल रिसाहा मुडमा देखिएका छन् भने उपासनाको भूमिका केही फरक छ ।

रामप्रसाद रिजालको निर्माणमा तयार भएको यो फिल्ममा नागेन्द्र रिजाल, शिवहरि पौडेल, सलोन बस्नेत, नरेश भट्टराई लगायतका कलाकारको अभिनय छ । यो फिल्मको नाम डिसेम्बर फल्स भएकाले पनि डिसेम्बर महिनामै रिलिज गर्न लागिएको निर्माणपक्षले बताएको छ ।

फिल्मको फस्टलुकमा आर्यनको गेटअप नयाँ नभएपनि उपासनाको भूमिकाले पनि उत्साहित बनाउन सक्छ । निर्माणपक्षले फस्टलुक गज्जब बनाएको छ । फिल्ममा श्री श्रेष्ठको एक्सन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रविण सिंहको कोरियोग्राफी, बनिष शाहकोको सम्पादन, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, विपिका खनालको कथा छ ।