फिल्म काँटछाँट गरेपछि ‘२ नम्बरी’को मेकरलाई विकास बोर्डले सोध्यो स्पष्टिकरण

चलचित्र विकास बोर्डले असोजको २१ गतेबाट रिलिज भैरहेको फिल्म ‘२ नम्बरी’का मेकरलाई स्पष्टिकरण सोधेको छ । बोर्डका सदस्य सचिव महेश पराजुलीले फिल्म निर्माण कम्पनी रेड बर्ड प्रोडक्शनका नाममा पत्र लेख्दै स्पष्टिकरण सोधेका हुन् ।

विशेषगरि, फिल्मका निर्माता किरण नेपालीले केही दिन अगाडि मिडियामा फिल्मको ५ मिनेट भन्दा बढी दृश्य काँटछाँट गरेको र ध्वनीमा पनि परिवर्तन गरेको बताएका थिए । बोर्डले दृश्य काँटछाँट गरिएको हो या होइन, ध्वनी परिवर्तन गरिएको हो या होइन भनी २ दिन भित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ ।

सदस्य सचिव महेश पराजुलीले दुई दिनभित्र बोर्डले सोधेको प्रष्टीकरण दिन निर्माण कम्पनी रेडबर्ड प्रोडक्सनलाई पत्रसमेत काटेको हो।

दीपेन्द्र लामाको निर्देशनमा बनेको यो फिल्म असोज २१ गतेबाट सुखद व्यापार गर्दै रिलिज भैरहेको छ । फिल्मका निर्माता नेपालीले बोर्डले सोधे अनुसार २ दिन भित्र स्पष्टिकरण दिने बताए ।