ओलीलाई फिल्म ‘महापुरुष’ हेर्ने इच्छा, मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस्
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले फिल्म महापुरुष हेर्ने इच्छा रहेको बताएका छन् ।
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य अभिनय रहेको फिल्म ‘महापुरुष’ कात्तिक ११ गते अर्थात् तिहारको भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ ।
पूर्वप्रधानमन्त्री ओलीले सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना पनि गरेका छन् । ‘मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित फिल्म ‘महापुरुष’ हेर्ने इच्छा लागेको छ। फिल्म महापुरुषको भव्य सफलताको कामना गर्दछु,’ ओलीले सामाजिक सञ्जालमा भनेका छन् ।
उनले लेखेका छन् : वाह कस्तो इच्छाशक्ति !
सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होअोस् भन्ने कामना गर्दछु। मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा लागेको छ। फिल्म महापुरुषको भव्य सफलताको कामना गर्दछु।
हालै आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका थिए ।
प्रतिक्रिया