कमेडियन अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतको आदेश
कमेडियन अपूर्व क्षितिज सिंहलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले अपूर्व क्षितिज सिंहलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवा: समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको थियो ।
प्रतिक्रिया