कहिलेबाट सुरु होला दीपक–दीपाको फिल्म हल ?

कुनै समय कलाकार दीपकराज गिरी हलमा आफ्नो फिल्मले पर्याप्त शोज नपाएको गुनासो गर्थे । अझ, प्रदर्शकले नेपाली फिल्ममाथि चेपुवा प्रवृत्ती राखेको उनको तर्क हुन्थ्यो । उनै, दीपक अब आफै प्रदर्शक बन्ने तयारीमा छन् ।

काठमाडौंको नयाँ बाँनेश्वरबाट शंखमुल जाने रोडमा उनले हल संचालन गर्ने तयारी गरेका छन् । ‘छक्का पन्जा’ टिमको लगानी रहेको हल कहिलेबाट संचालनमा आउँछ टुंगो छैन । किनकी, यो हल निर्माण भएको लामो समय भैसकेको छ । तर, कोरोनाका कारण हल निर्माणमा ढिलाई भयो ।

दीपकको योजना भने फिल्म ‘छक्का पन्जा ४’ रिलिजबाट हल संचालन गर्ने हो । तर, फागुण १९ सम्म हलको काम सक्न मुश्किल छ । हलको इन्टेरियर डिजाइन भैरहेको र अझै ५ महिना लाग्ने उनको भनाई छ ।

दीपक र दीपासहित हिट फिल्मको टिमले संचालन गर्न लागेको हलमा २ पर्दा रहनेछन् । यो फिल्म हलमा ४ सय स्क्रिन छन् । हलको लगानी ८ करोड बढी रहेको दीपक दीपाको भनाई छ । फिल्म निर्माणमा बम्पर सफलता हासिल गरेपछि दीपक र उनको टिमले हल पनि संचालन गर्न लागेको हो । केही बर्षदेखि नयाँ बाँनेश्वर वान सिनेमाज् संचालन भैरहेको छ । अब, दीपक–दीपाको टिमले बनाएको हलले दर्शकको कस्तो साथ पाउने हो, हेर्न बाँकी छ ।