सलोन भन्छन्–‘बिहे गरेपनि बुबालाई हजुरबुबा बनाउन हतार गर्दिनँ’

नायक सलोन बस्नेतले मंसिरको १२ गते बिहे गर्दैछन् । प्रेमिका करिश्मा केसीसँग उनले बिहे गर्न लागेका हुन् । सलोनको बिहे ११ गतेबाट १५ गतेसम्म चल्ने उनका पिता शोभित बस्नेतले बताएका छन् । शोभित र सलोन सोमबार आयोजना भएको फिल्म ‘मीलन’को पत्रकार सम्मेलनमा भेटिए । शोभितले छोराले बिहे गर्दा आफ्नो मार्केट डाउन हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका थिए ।

शोभितको यो गुनासोलाई छोरा सलोनले रमाइलो शैलीमा जवाफ दिए । उनले भने–‘मैले बिहे गरेपनि बुबालाई चाडै नै हजुरबुबा बनाउँदिनँ ।’ सलोनले बिहे गर्दैमा आफ्ना यूवती फ्यान नघट्ने बताए । कुनै पनि कलाकारको व्यक्तिगत र व्यवसायिक जीवन फरक हुने उनको तर्क छ ।

सलोनले करिश्मासँग ४ बर्ष अगाडि भेट भएको र माया बसेको समेत बताएका छन् ।