‘भागवत् गीता’को छायांकन मंसिर ९ बाट, उजुरी परेपनि नाम परिवर्तन नहुने

सुनिलकुमार थापाको निर्माण तथा झरना थापाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘भागवत् गीता’को छायांकन मंसिर ९ गतेबाट सुरु हुने भएको छ । यो फिल्मको छायांकन साउनबाट नै सुरु हुनुपर्ने भएपनि निर्माता सुनिल कुमार थापा बिरामी भएपछि पोष्टपोन्ड भएको थियो । फिल्मलाई वि.सं २०८० सालको वैशाख १ गते रिलिज गर्ने पक्का भैसकेको छ ।

फिल्म ‘भागवत् गीता’को नाममा आपत्ती जनाउँदै चलचित्र विकास बोर्डमा उजुरी समेत परेको थियो । तर, उजुरी परेपनि नाम परिवर्तन नहुने निर्माता थापाले जानकारी दिएका छन् । उनले, फिल्मको बिषयवस्तु कुनै धर्मसँग नजोडिएको पनि स्पष्ट पारे ।

यसैविच, यो फिल्मका लागि निर्माण टिमले अझै पनि नायक फाइनल गर्न सकेको छैन । नयाँ नायक राख्ने कि नाम चलेकै कलाकार राख्ने भन्ने बिषयमा टुंगो नलाग्दा कलाकार तय हुन नसकेको हो । फिल्ममा नायिका सुहाना थापा मुख्य भूमिकामा छिन् । फिल्मको छायांकन जनकपुर र दार्चुलामा हुनेछ ।