रेखाको चुनावी प्रचार शैली साँच्चै रोचक र अचम्म !

आसन्न मंसिर ४ गते हुन गईरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै दल र उम्मेदवार आन्तरिक जोडघटाउ र प्रचारप्रसारमा ब्यस्त हुन थालेका छन् । अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले एकपटक सेवा गर्ने मौका जनताले दिए गौरव गर्ने जनप्रतिनि बनेर देखाउने बताउदै चुनावी घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छन् ।

चुनावी माहोल तातिएसँगै मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको सदस्यतर्फकी राप्रपा उम्मेदवार रेखाले घरदैलोलाई निरन्तरता दिर्दै नयाँ नयाँ स्टन्ट तरिका अपनाउन थालेकी छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाता आकर्षित पार्न क्याराम बोर्ड खेल्ने देखि रिक्सा चालाउने र श्रमिकहरूसँग मत माग्दै गरेकी छन् ।

बेलबारी नगरपालिकाको वडा नम्बर ११ मा भएको घरदैलो कार्यक्रममा रेखाले रिक्सा चलाउँदै नागरिकसँग मत मागेकी छन् । दैनिक गुजार चलाउने ई-रिक्सा चालक श्रमिकहरूसँग आत्मीयता कायम गर्न उनले रिक्सा चलाउँदै मतदातासँग मत माग्न होमिएकी छन्।

रेखाले बेलबारीमा क्याराम बोर्ड खेल्दै गरेका युवाहरूसँग समेत क्याराम बोर्ड खेल्दै मत मागेकी छन् । घरदैलोका क्रममा रेखाका विभिन्न गतिविधिले मतदाता झनै आकर्षित भएको देखिन्छ । उनको चन्चले स्वभावका कारण घरदैलोका क्रममा यस्तो दृश्यहरू देखिने गर्छ ।

घरदैलोमा थापाले विभिन्न स्थानमा पुगेर आफ्नो कुरा मतदातालाई सुनाएर हिँड्ने पुरानो प्रवृत्तिलाई तोड्दै मतदातासँग दोहोरो संवाद गर्ने गरेको देखिन्छन् । जसरी पनि जित्नैपर्ने मानसिकता पाल्ने रेखाको तडकभडक अहिले चर्चामा छ । जे होस्, पाका नेतादेखि रेखासम्मले चुनावी प्रचारमा अपनाएको शैली साँच्चै रोचक र अचम्मको छ ।