इरीना महर्जन ‘किड क्वीन नेपाल २०२२’ को उपाधि चुम्न सफल

राजधानीमा शनिवार साँझ सम्पन्न प्रतिभामूलक प्रतियोगितामा रिड मोडल स्कुलको कक्षा ८ मा अध्ययनरत चमतीकी १३ वर्षिया इरीना महर्जन किड क्वीन नेपाल २०२२ को उपाधि चुम्न सफल भएकी छन्।

९ देखि १४ वर्षसम्मका २५ प्रतिभावान् बालिकाले स्पर्धा गरेको १८औं संस्करणको प्रतियोगितामा महर्जनले मिस पब्लिक च्वाईस र तस्वीर मिस फोटोजेनिकको उपउपाधिलाई पनि जित्न सफल भएकी छन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न किड क्वीन नेपाल २०२२ मा खोप्रिङ इंग्लिस एकेडेमीको कक्षा ७ मा अध्ययनरत भक्तपुरको सूर्यबिनायककी इप्सा प्रजापति फस्ट र जनज्योति सकेन्डरी इग्लिस स्कुलको कक्षा ५ मा अध्ययनरत कालीमाटीकी प्रिस्का पुलामी मगर सेकेन्ड रनर्रअप भएका छन्। विजेताहरुले क्रमशः २५, १५ र १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढाइएको प्रतियोगितामा सुवा कोजु मिस ट्यालेन्ट, प्राप्ती रेग्मी मिस ट्यालेन्ट फस्ट रनर्सअप, स्तुती कार्की मिस ट्यालेन्ट सेकेन्ड रनर्सअप र तस्वीर मिस फोटोजेनिक, मार्था तामाङ मिस क्याटवक, प्रार्थना बज्राचार्य मिस क्युट, तृप्ति बैद्य सोसियल वेलफर एम्बेसडर, श्रीषा श्रेष्ठ सोसियल वेलफर एम्बेसडर फस्ट रनर्सअप, कृस्पी पौडेल सोसियल वेलफर एम्बेसडर सेकेन्ड रनर्सअप र मिस चार्मिङ, पलिस्था कुटुव बेस्ट ड्रेस, सुबारिया श्रेष्ठ मिस कल्चर, गृष्मा राजचल मिस पर्सनालिटी, आस्था थापा मगर बेस्ट हेयर, सकिरा तामाङ बेस्ट स्कीन, सफलता प्रधानांग बेस्ट स्माइल, परी मगर मिस इलीजेन्ट, ममता श्रेष्ठ र ज्योति खत्री मिस डिसिप्लेन, ट्रेक्षी चित्रकार मिस इनोसेन्ट तथा नीर्जला कौसिला र नसिका ठकुरी मिस फ्रेन्डसीप उपउपाधि विजेता भएका छन्।

आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व तथा काठमाडौं महानगरपालिकाकी उपमेयर एवं पूर्व मिस नेवाः सुनीता डंगोलको प्रमूख आतिथ्यता, समाजसेवी सुरबहादुर श्रेष्ठ र देवराज डंगोल, मिस नेवाः ११४२ सलिना महर्जन, मिस नेवाः ११३९ फस्ट रनर्सअप संगीता महर्जन र मिस नेवाः ११४२ फस्ट रनर्सअप सविना बज्राचार्यको विशेष आतिथ्यतामा सम्पन्न प्रतियोगितामा नेपाल टेलिकमका ब्यबस्थापक सरोज शाक्य प्रमूख निर्णायक रहेका थिए। त्यसै गरी एनआरएन युकेका प्रथम निर्वाचित अध्यक्ष अशोकबाबु श्रेष्ठ, नेपाल क्योकुसिन सेइसिन काइकन कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, र्यापर निर्णय श्रेष्ठ, मिस नेवाः ११३६ फस्ट रनर्सअप रेजिशा डंगोल, साहित्यकार एवं उद्यमी अञ्जना ताम्राकार, साहित्यकार ज्ञान्दरी कैरी भट्ट, व्युटिसियन मञ्जु कार्की पाण्डे र फेसन डिजाइनर शोभा महर्जन निर्णायक रहेका थिए।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमूख सुनीता डंगेलले समाजको लागि यसखाले प्रतियोगिता उपयोगी हुने चर्चा गर्दै प्रतियोगितामा जित्नेबित्तीकै सफल हुन्छु, चर्चामा आउँछु भनेर सोच्न नहुने बताइन्। ‘मैले मिस नेवाः नेपालको टाइटल जितेको १० वर्षसम्म लगातार विभिन्न काम गरेँ। बल्ल आज आएर मलाई विश्वास गरेर उपमेयर बनाइदिनु भएको छ। त्यसैले आप्mना बालबालिकासँग भएको प्रतिभा पहिचान गर्नुपर्छ। अभिभावकले बालबालिकाले हारेपछि अझ बढी कुरा जान्दछन् भनेर बुभ्mनुपर्छ र सन्तानले प्रयास छोड्नु हुँदैन’ डंगोलले भनिन्।

मिस नेवाः नेपाल कृषा महर्जनको संयोजनमा सम्पन्न प्रतियोगिता मिस नेवाः नेपाल प्रजिता श्रेष्ठ र प्रिया तन्डुकार तथा मिस नेवाः नेपाल २०२२ सलिना महर्जनको कोरियोग्राफीमा भएको थियो।

बालिकाहरूमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन, आत्मसुरक्षा कला र आत्म विश्वास वृद्धिका लागि यो प्रतियोगितामा १७ वर्षदेखि आयोजना गरिँदै आएको नेप्लिज फेसन होमकी अध्यक्ष मानन्धरले बताइन।