अवार्ड जितेपछि सुहाना लेख्छिन्–‘श्रष्टा नरहे संस्कार रहन्न’
नायिका सुहाना थापा आफ्ना आमा झरना थापाको साथमा अमेरिकामा छिन् । अमेरिकामा आयोजना भएको ‘पाँचौ एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुन उनी सपनाको देश पुगेकी हुन् ।
सुहानाले कार्यक्रममा अवार्ड समेत जितेकी छिन् । यो बर्ष रिलिज भएको फिल्म ‘ए मेरो हजुर ४’बाट उनले अवार्ड जितेकी हुन् । अवार्ड प्राप्त गरेपछि उनले आफूहरुलाई बाटो देखाउने अग्रजहरुलाई नमन भन्दै मन छुने स्टाटस लेखेकी छिन् । उनले लेखेकी छिन्–‘श्रष्टा नरहे संस्कार रहन्न, संस्कार नरहे सम्मान रहन्न । त्यो सम्मानको रिती नरहे, मानवता अनी मानवियतामा नै प्रश्न चिन्ह आउने हो कि । अनी अस्तित्वमाथि नै कहिले नमेटिने दाग लाग्ने पनि ? हामीलाई बाटो देखाउने तिनै अग्रजहरुलाई नमन ।’
सुहानाले अवार्ड पाएपछि लेखेको यो स्टाटसले धेरै कुराको अर्थ राख्छ । पछिल्लो समय नेपाली फिल्मका अग्रजहरुमाथि नै गालीगलौज गर्ने क्रम बढेको समयमा सुहानाको यो अर्थपूर्ण स्टाटस आएको हो ।
कामको कुरा गर्नुपर्दा सुहाना फिल्म ‘भागवत् गीता’मा काम गर्दैछिन् । होम प्रोडक्शनको यो फिल्मको छायांकन उनी र झरना नेपाल फर्किएपछि सुरु हुनेछ ।
प्रतिक्रिया