शताब्दी पुरुष सत्यमोहन जोशीको निधन, शरीर नजलाइने
आज बिहान ७ बजेर ९ मिनेटमा शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भयो । उनको उपचारका क्रममा किष्ट मेडिकल कलेजमा निधन भएको हो ।
उनको १०३ बर्षको उमेरमा निधन भएको हो । जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिकाको परिसरमा राखिनेछ । तर, उनको शरीरलाई नजलाइने भएको छ ।
जोशीले आफ्नो शरीर नै दान गरेका कारण उनको शरीरलाई किष्ट मेडिकल कलेजमा अध्ययनका लागि राखिनेछ । उनले, आफ्नो शरीर दान गर्ने घोषणा गरेकाले पनि उनकै इच्छा अनुसार, शरीर नजलाउने भएको हो ।
किष्ट कलेजले उनको शरीरलाई नगल्ने केमिकल प्रयोग गरेर अस्पतालमा नै राख्ने बताएको छ ।
प्रतिक्रिया