वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक
वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ ।
आज साँझ किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जानकारी दिएको हो ।
किष्ट अस्पतालमा १८ दिनदेखि उपचाररत् एक सय तीन वर्षीय संस्कृतिविद् जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।
अस्पतालले आज विज्ञप्ति जारी गरी जोशीलाई पहिल्यैदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाए पनि सुधार नभएको जनाएको छ। लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो।
परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कम भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको अस्पतालले जनाएको छ। विज्ञप्ति अनुसार जोशीलाई ५ लिटर प्रतिमिनेटका दरले अक्सिजन दिइएको छ ।
प्रतिक्रिया