विवाह बन्धनमा बाधिँदै नायिका रिस्ता बस्नेत
नायिका रिस्ता बस्नेत विवाह बन्धनमा बाँधिने भएकी छन् ।
रिस्ताले न्युयोर्क बस्दै आएका प्रेमी अजय सिंह ठकुरीसँग विवाह गर्न लागेकी हुन् ।
पछिल्लो समय यी दुई थुपरै फिल्मका प्रिमियर कार्यक्रममा सँगसँगै उपस्थित हुदै आइरहेका छन् । प्रिमियर जमघटका क्रममा उनले आफूहरु साथीभन्दा माथि रहेको स्वीकार्दै चाँडै विवाह बन्धनमा बाँधिन लागेको समेत बताइन ।
रिस्ताका प्रेमी अजय अमेरिकाको न्युयोर्कमा कार्यरत हालै नेपाल आएका हुन् । उनीहरूको विवाहको मिति तय नभए पनि यसै वर्ष विवाह हुने सम्भावना रहेको बताइन्छ ।
फिल्म ‘होस्टेल’ बाट अभिनय करिअर सुरु गरेकी रिस्ताले थुप्रै फिल्म अभिनय गरेकी छन् । तर उनको फिल्मी करियर त्यति सफल हुन भने सकेन् ।
प्रतिक्रिया