अभिनेत्री नम्रता र दावाको टुंगियो प्रेमसम्बन्ध
अभिनेत्री नम्रता श्रेष्ठसँग औपचारिक रुपमै ब्रेकअप भएको उनका प्रेमी दावा स्टिभन शेर्पाले बताएका छन् ।
पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँग नम्रताको चार वर्षदेखिको प्रेम सम्बन्ध औपचारिक रुपमै टुंगिएको हो । उनीहरूको ब्रेकअपको हल्ला लामो समयदेखि भएपनि आधिकारिक पुष्टि भने भएको थिएन । प्रेम सम्बन्ध टुंगिएको स्वयं दावाले नै सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् भनेका छन् ।
नम्रतासँगको प्रेम टुंग्याउँदै दावा नयाँ प्रेमिकाका साथ देखा परेका छन् । उनले इन्स्टाग्राममा नयाँ प्रेमिकासँग ‘माइ लाइफ’ भन्दै रिया श्रेष्ठ सम्बन्ध सुरु भएको भनेका छन् । उक्त पोस्टबाट उनीहरूको ब्रेकअप भएको र दावा अरूसँग प्रेममा भएको पुष्टि हुन्छ ।
नयाँ सम्बन्ध सुरुवातसँगै दावा र रिया गत साता इटालीको मिलानमा डेटमा गएका थिए । नम्रता भने अब चाँडै नयाँ फिल्म ‘ग्रहण’ सुटिको तयारी गरिरहेकी छन् । हालै सुटिङका क्रममा हातको औंला भाँच्चिएर आराममा छिन् ।
View this post on Instagram
प्रतिक्रिया