र्यापर बादशाह पञ्जाबी अभिनेत्रीसँग प्रेममा
र्यापर तथा गायक बादशाह २ वर्षअघि आफ्नी पहिलो श्रीमती जस्मिनसँग अलग भएका थिए । सम्बन्धविच्छेद पछि, र्यापरले अझै पनि आफु एकल भन्दै हिडिरहेका छन्। यसैबिच बादशाहले पञ्जाबी अभिनेत्री ईशा रिखीसँग डेट गरिरहेको खबर आएको छ । यति मात्र नभई बादशाहले करिब एक वर्षदेखि ईशालाई डेट गरिरहेका छन् तर आफ्नो व्यक्तिगत कारणले उनी यो सम्बन्धलाई गोप्य राख्न चाहन्छन् ।
र्यापर बादशाह केही दिनअघि वेब सिरिज फेब्युलस लिभ्स अफ बलिउड वाइव्समा देखिएका थिए । यो वेब सिरिजमा उनको क्यामियो थियो । यसै सिरिजको कुराकानीका क्रममा बादशाहले आफूलाई सिंगल भनेका थिए, त्यसपछि बादशाहले करिब एक वर्षदेखि एक पञ्जाबी अभिनेत्रीसँग डेट गरिरहेको खबर आएको थियो । पिंकभिल्लाको रिपोर्टका अनुसार दुवैले पहिलो पटक एकअर्कालाई साथीको पार्टीमा भेटेका थिए, त्यसपछि बादशाह इशासँग रिलेशनशिपमा छन् ।
मिडिया स्रोतका अनुसार बादशाहले आफ्नो परिवारका सदस्यलाई पनि सम्बन्धको बारेमा बताएको छ । उनको यो सम्बन्धबाट उनका परिवारका सदस्यहरु निकै खुसी छन् । तर, बादशाह आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै कुरा गर्न रुचाउँदैनन् ।
बादशाह पहिले नै विवाहित छन्। तर, आफ्नी श्रीमतीसँग पनि विवाद भएपछि दुवै छुट्टिए । सन् २०१९ मा यी दुईबीच झगडा भएको खबर आएको थियो, त्यसबेलादेखि दुवै अलग–अलग बस्छन् । बादशाहको पहिलो पत्नीबाट एक छोरी पनि छिन् । सन् २०१७ मा उनीहरुको छोरी जेसी ग्रेस मसिह सिंहको जन्म भएको थियो । कोरोना महामारीपछि जस्मिन छोरीसँग लण्डन बस्दै आइरहेकी छिन् ।
प्रतिक्रिया