भाग्यमानी शिल्पाः मिरुनाले नभ्याएपछि ‘फूलबारी’मा अनुबन्धित

रामबाबु गुरुङको निर्देशनमा तयार भैरहेको फिल्म ‘फूलबारी’मा नायिका शिल्पा मास्के अनुवन्धित भएकी छिन् । फिल्मको छायांकन अन्तिम चरणमा पुगेको अवस्थामा शिल्पा फिल्ममा जोडिएकी हुन् । यो फिल्ममा पहिले नायिका मिरुना मगरले विशेष भूमिकामा काम गर्ने पक्का भएको थियो । तर, यूकेमा रहेकी मिरुना नेपाल आउन नपाएपछि उनको ठाउँमा शिल्पाको प्रवेश भएको हो ।

मिरुनाले रामबाबुकै फिल्म ‘कबड्डी ४’मा काम गरेकी थिइन् । यो फिल्मबाट उनी चर्को विवादमा परेकी थिइन् ।

यस्तै, फिल्ममा श्रृजना सुब्बाको स्थानमा कलाकार गौमाया गुरुङको प्रवेश भएको छ । गौमायाले पनि फिल्म ‘कबड्डी ४’मा काम गरेकी थिइन् । यो फिल्ममा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की मुख्य भूमिकामा छन् । फिल्म ‘छड्के २’का कारण श्रृजनाले समय दिन नसकेपछि गौमाया फिल्ममा भित्रिएकी हुन् ।