‘२ नम्बरी’का निर्माता दीपक मनाङ्गे प्रदेश सभा सदस्यमा निर्विरोध
हाल हलमा चलिरहेको फिल्म ‘२ नम्बरी’का निर्माता दीपक मनाङ्गे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा २ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
सोही क्षेत्रमा उम्मेदवारी दिएका अर्का उम्मेृदवार दार्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै मनाङे विजयी भएका हुन् । निर्वाचत अधिकृतले दोर्जेले उम्मेदवारी लिएको निस्सता प्रदान गरिसकेको छ । दीपक गण्डकी प्रदेश अन्र्तगतको गण्डकी सरकारका यूवा तथा खेलकुद मन्त्री समेत हुन् ।
उनले, यसअघि फिल्म ‘पोई पर्यो काले’मा समेत लगानी गरेका थिए । उनी, मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेश सभामा निर्विरोध निर्वाचित हुने पहिलो उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया