सेलिब्रिटीको उम्मेदवारीः को कहाँबाट चुनाव लड्दैछन् ?
मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । जसअन्र्तगत नेपाली कला क्षेत्रका कलाकारकर्मीहरुले पनि उम्मेदवारी दिएका छन् । नायिका रेखा थापाले मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएकी छिन् । पति बलराम शाहीसँग पुगेर उनले उम्मेदवारी दिएकी हुन् । उनी, राप्रपा पार्टीबाट निर्वाचन लड्दैछिन् ।
यस्तै, निर्देशक मनोज पण्डितले काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले, नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटालाई हराउन आफूले उम्मेदवारी दिएको बताउँदै आएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ६ बाट गायक सञ्जय श्रेष्ठले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, कलाकार मुधुसुदधन पाठक ‘सिते बा’ले पनि काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले, राष्ट्रिय झण्डा ओढेर उम्मेदवारी दिएका थिए ।
कमेडियन हिमेश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । यस्तै, कलाकार तथा निर्माता रोज राणाले पनि प्यूठान १ ‘ख’बाट प्रदेश सभातर्फ उम्मेदवारी दिएका छन् । कलाकार तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’ले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ को बागमती प्रदेश ‘ख’ तर्फ उम्मेदवारी दर्ता गरेका छन् ।
गायिका कोमल वलीले पनि दाङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएकी छिन् । उनले नेकपा एमाले पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।
प्रतिक्रिया