मुभी कोड र डिस्ट्रीब्यूशन कोड नराखी बुकिङ खुलाएपछि हलवालालाई बोर्डको पत्र
चलचित्र विकास बोर्डले मुभी कोड र डिस्ट्रीब्यूशन कोड लिएर मात्र फिल्मको बुकिङ खोल्न निर्देशन दिएको छ ।
बलिउड फिल्म ‘विक्रम विधाको हलवालाहरुले मुभी कोड र डिस्ट्रीब्यूशन कोड नराखी शो र टिकट बुकिङ खुलाएको भन्दै बोर्डले यस्तो निर्देशन दिएको हो । यसो त बोर्डले नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलाई मुभी कोड लिएर मात्र फिल्मको बुकिङ खोल्न निर्देशन गरेको छ ।
बोर्डको पत्रसँगै अब विदेशी फिल्मको प्रदर्शनलाई लिएर थप कडाइ गर्ने संकेत देखिएको छ । सेन्सर पास भएर मुभी कोड नआएसम्म हलहरुले अग्रिम बुकिङ खुलाउन नपाउने बोर्डले जनाएको छ ।
बिहीबार बोर्डका अध्यक्ष भुवन केसीद्धारा जारी गरिएको विज्ञप्तिमा मुभी कोड र डिस्ट्रीब्यूशन कोड नराखी फिल्मको शो र टिकट बुकिङ नखोल्न हलवालालाई भनेको छ ।
क्यूएफएक्सले शुक्रबारदेखि रिलिज हुने फिल्म ‘विक्रम विधा’को शो बिहीबार सार्वजनिक गरेपछि बोर्ड अध्यक्ष केसीले पत्र काटेका हुन् ।
प्रतिक्रिया