निको हुनका लागि लाईभ भिडियोमार्फत प्रार्थना गरिदिन आग्रह गरेको केही घण्टापछि गायीका सुष्मिताको निधन

खोटाङकी उदीयमान गायीका सुष्मिता राईको डेंगु संक्रमणका कारण निधन भएको छ । डेंगुको संक्रमणपछि काठ्माडौं पाटन अस्पताल भर्ना गरिएकी गायीका राईको उपचारका क्रममा बुधबार निधन भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमकी गायीका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो । लाईभ भिडियोमार्फत निको हुनका लागि प्रार्थना गरिदिन आग्रह गरेको केही घण्टापछि सुष्मिताको निधन भएको हो । गायीका राईको निधनपछि नौ महिनाको महिनाको विचल्नी भएको छ ।

जन्मेको ६ वर्षमै दृष्टि गुमाएकी गायीका राई खोटाङबाट काठ्माडौं पुगेर सांगीतिक क्षेत्रमा भविष्य बनाउन संघर्षरत थिईन् । छोटो समयमै दर्शक श्रोताको मन जित्न सफल गायीका राईले राई इज किङ राजेशपायल राई लगायतसँग गीत गाइसकेकी थिईन् ।

सुष्मिताले लोकप्रिय गायिका अन्जु पन्तको समेत मन जितेकी थिईन् । सांगीतिक क्षेत्रमा जिल्लामै संघर्ष गरेकी उनी एसइई उत्तिर्णपछि काठ्माडौं पुगेकी थिईन् ।