बलिउड समीक्षक कोमल नाहटा भन्छन्–‘प्रेमगीत ३’को संगीत र छायांकन मात्रै अब्बल’
आजबाट रिलिजमा आएको नेपाली फिल्म ‘प्रेमगीत ३’ भारतमा पनि रिलिज भएको छ । आज भारतका हलमा फिल्मको व्यापार सुखद रहेको निर्माणपक्षले बताएको छ । यसैविच, बलिउडका चर्चित समीक्षक कोमल नाहटाले हिन्दी भाषामा डब भएको ‘प्रेमगीत ३’को समीक्षा गर्दै यसको छायांकनपक्ष र संगीत उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन् । आफ्नो अफिसियल युट्युब च्यानलमार्फत समीक्षा गर्दै आएका कोमलले संगीत र छायांकन बाहेक फिल्ममा अन्य हेर्न लायक कुरा केही पनि नभएको उल्लेख गरेका छन् ।
लभ स्टोरी तथा एक्सन जनरामा निर्माण भएको यो फिल्मले केही शताब्दी अगाडिको टुक्रा–टुक्रा राज्य चलाउने राजा र उनको सन्तानको कथा भन्छ । राजाका दुई सन्तानमध्ये प्रेम र एउटा गाउँकी गीतविचको लभ स्टोरीको कथामा यो फिल्म बनेको छ । कोमल नाहटाले यो फिल्मको कहानीमा केही पनि नयाँ नभएको उल्लेख गरेका छन् । उनले, फिल्मको पटकथाले पनि मनमा नछुने बताएका छन् । लभ स्टोरी फिल्ममा यदि यूवा यूवती अलग हुँदा दर्शकको मन छुदैन भने त्यो लभ स्टोरीको अर्थ नहुने भन्दै उनले ‘प्रेमगीत ३’मा त्यस्तो केही नभएको समीक्षा गरेका छन् ।
उनले, पटकथा कमजोर हुनुको साथै अनुमान गर्न सकिने पनि रहेको बताएका छन् । पटकथामा कुनै नयाँ ट्विष्ट, संवाद सामान्य रहेको समीक्षा गरेका छन् । कलाकारको अभिनयलाई उनले ठिकठाक भनेका छन् । प्रदीप खड्का र कृष्टिना गुरुङले आत्मविश्वासका साथ काम गरेको उनको भनाई छ ।
फिल्मको निर्देशकीय पक्षलाई पनि कोमटले कमजोर भनेका छन् । फिल्मको निर्देशकीय पक्षले दर्शकलाई वाध्न नसकेको नाहटाको समीक्षा छ ।
उनले, फिल्मको प्रशंसा गरेको मुख्य २ पाटो यसको संगीत र छायांकनको हो । नेपाली भाषामा तयार पारिएको गीत भन्दा हिन्दी गीत उत्कृष्ट छ । राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानको छायांकनलाई कोमलले सबैभन्दा बढी प्रशंसा गरेका छन् ।
उनले, ‘प्रेमगीत ३’को एक्सन र लभ स्टोरीमा केही नयाँपना नभएको भन्दै उनले संगीतले मात्र चलचित्र धान्न नसक्ने समीक्षा गरेका छन् । भारतीय बक्स अफिसमा यो चलचित्रले व्यापार खासै गतिलो नगर्ने कोमलको निष्कर्ष छ ।
प्रतिक्रिया