‘बाबरी’का लागि के चुनौती बन्ला ‘बिक्रम बेधा र पीएसआई’ ?
आउँदो सातादेखि नेपाली फिल्म ‘बाबरी’ हलमा रिलिज हुँदैछ । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको यो फिल्मबाट दर्शकलाई आशा धेरै नै छ । धिरज मगर, धिरज नाडकर र अदिती वुढाथोकीको मुख्य भूमिका रहेको लभ स्टोरी फिल्मले दशैंको बिदालाई गज्जबले सदुपयोग गर्ने अपेक्षा गरिएको छ ।
तर, यो फिल्मलाई आउँदो शुक्रबार २ वटा ठूला हिन्दी फिल्मको चुनौती छ । यो दिन ऋतिक रोशन र सैफअली खान जस्ता बलिउड स्टारको फिल्म ‘बिक्रम बेधा’ रिलिज हुँदैछ । तर, साउथमा यो फिल्म हेरिसकेकाले पनि दर्शकका लागि यसप्रति उत्साह धेरै नहुन सक्छ । तर, नेपालमा ऋतिकको क्रेज राम्रो भएकाले सुरुवाती दिनमा ‘बाबरी’का लागि यो फिल्म चुनौतीपूर्ण बन्न सक्छ ।
यस्तै, यही दिन फिल्म ‘पीएसआई’ पनि रिलिज हुँदैछ । साउथको हिन्दी भर्सन यो फिल्मको ट्रेलरले दर्शकको ध्यान तानेको त छ । तर, पुराना युद्धका फिल्मले बक्स अफिसमा गतिलो व्यापार गर्न सकेका छैनन् । जसकाकारण, नेपाली दर्शकको रोजाईमा ‘बाबरी’ पहिलो नम्बरमा हुन सक्ने देखिन्छ ।
यदि, ‘बाबरी’लाई सुरेन्द्र पौडेलले दर्शकको मन जित्ने खालको बनाए भने दशैंको बिदामा निर्माताले लगानी सुरक्षित गर्ने पक्का छ ।
प्रतिक्रिया