के सरोज खनालले अमेरिकामा कलाकार लुक्छन् भन्ने ट्रेन्ड बसालेका हुन् ?

नायक सरोज खनालले केही मिडियामा अर्का नायक प्रदीप खड्काले आफू भन्दा सिनियरको सम्मान नगरेको बताए । प्रदीपले फिल्म ‘प्रकाशदेखि प्रेमगीत ३’सम्म रिलिज हुँदा फिल्म क्षेत्रमा ४ दशक बिताएका फिल्मीकर्मी, फिल्म क्षेत्रका संस्थामाथि जुन अभिव्यक्ति दिएका छन्, त्यो आफैमा लाजमर्दो नै छ ।

प्रदीप खड्काले नेपाली फिल्म क्षेत्रमा योगदान दिदै गर्दा उनी भन्दा अगाडि कैयौं कलाकारले दुःख गरेका कारण फिल्म क्षेत्र आज यो स्थानमा छ । तर, प्रदीपले २५ सय फिल्मीकर्मीले ‘प्रकाश’ हेर्न पर्छ, एउटा फिल्मीकर्मीले साढे २ सय हालेर फिल्म हेर्न सक्दैन भने फिल्म नबनाएपनि हुन्छ, भूवन केसीको पढाईमा अभाव देखियो, अर्को निर्माता संघ खोल्छु जस्ता अभिव्यक्ति दिएका छन् । जुन, उनीसँग सम्बन्धित कुरा नै होइन ।

खैर, प्रदीपले दिएका यस्तै अभिव्यक्तिलाई लिएर नायक सरोज खनालले उनी जस्तो सुपरस्टारले फिल्म क्षेत्रमा बर्षौदेखि योगदान पुर्याएका कलाकारहरुको सम्मान गर्नुपर्ने बताएका थिए । तर, यो भनाइलाई लिएर फिल्म ‘प्रेमगीत ३’का निर्माता सन्तोष सेनले दिएको अभिव्यक्ति आफैमा दुःख लाग्दो देखिएको छ ।

उनले, नायक सरोज खनालले फिल्म क्षेत्रमा दिएको योगदान भनेकै अमेरिका लुक्नुपर्छ भन्ने रहेको लेखेका छन् । फेसबुकमा उनले लेखेका छन्–‘तपाइको फिल्म क्षेत्रमा योगदान भनेको अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने ट्रेन्ड बसालीदिनुभयो । जसलेगर्दा, आज अमेरिकाले राम्रो कामका लागि पनि कलाकारलाई भिसा दिदैन ।’

सरोज खनालको योगदान फिल्म क्षेत्रमा यत्ती हो ? फिल्म क्षेत्रमा ५ वटा फिल्म निर्माण गर्दै गरेका सन्तोषले एउटा बरिष्ठ कलाकारको योगदान यसरी नै मुल्यांकन गर्नु लाजमर्दो कुरा हो । नेपाली फिल्म क्षेत्र आज सरोज खनाल, राजेश हमाल, भुवन केसी, निर शाह, शिव श्रेष्ठ हरेले डोर्याउँदै यहाँसम्म ल्याएका कारण गर्व गर्ने ठाउँमा पुगेको छ । तर, एउटा कलाकारको मुल्यांकन यसरी गर्नुले सन्तोष सेन र उनको टिमले नेपाली कलाकारप्रति किन यस्तो रुखो व्यवहार देखाइरहेको छ भन्ने प्रश्न उब्जेको छ । आफ्नै देशको कलाकारको अपमान गरेर हामी फिल्म क्षेत्रलाई कुन स्तरमा पुर्याउन खोज्दैछौं खै ?