रिलिजको १० औं दिनमा ‘ब्रम्हास्त्र’ले कमायो २ सय करोड

दोश्रो साताको विकेन्डमा ४१ करोडको व्यापार गर्दै फिल्म ‘ब्रम्हास्त्र’ले २ सय करोडको आँकडा पार गरेको छ । फिल्मले बक्स अफिसमा बम्पर कमाई गर्नका लाग दोश्रो साताको २ दिन महत्वपूर्ण रह्यो ।

यो फिल्मले दोश्रो साताको शुक्रबार ९.५० करोड, शनिबार १५ करोड र आइतबार १६.५० करोडको व्यापार गर्यो । योसँगै फिल्मको व्यापार भारतीय बक्स अफिसमा २१४ करोड पुगेको छ । फिल्मको लाइभ टाइम कलेक्शन २५० करोड माथि हुने अनुमान विश्लेषकहरुको छ ।

कोरोना महामारीपछि बलिउड फिल्मले गतिलो व्यापार गर्न नसक्दा फिल्मीकर्मी निराश थिए । तर, यो फिल्मको व्यापारले बलिउडमा आशा जगाइदिएको छ । सेप्टेम्बर ३० तारिखबाट रिलिज हुने फिल्म ‘विक्रम बेधा’ले पनि बक्स अफिसमा राम्रो कमाई गर्ने आशा गरिएको छ ।

अयान मुखर्जीको निर्देशनमा तयार भएको फिल्ममा रनवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन, मौनी रोय, साहरुख खान, नागार्जुना लगायतका कलाकारको मुख्य भूमिका छ ।