दर्शकको प्रतिक्षामा यसकारण ‘बाबरी’

दशैंको मौका पारेर असोजको १४ गतेबाट रिलिज हुँदैछ, ‘बाबरी’ । नायक धिरज मगर र नायिका अदिती वुढाथोकीको ४ बर्षपछि रिलिज हुन लागेको फिल्म हो ‘बाबरी’ ।

सफल निर्देशक सुरेन्द्र पौडेलको लभ स्टोरी स्वादले दशैंमा दर्शकलाई रिझाउने अपेक्षा गरिएको छ । पुष्पलता बुढाथोकी र गणेश बुढाथोकीले मिलेर बनाएको यो फिल्मको गीतसंगीत दर्शकमाझ लोकप्रिय छ । दर्शकको मनका शिर्ष गीत र नाम झुण्ड्याउन सफल भएकाले पनि फिल्मले दर्शकलाई आकर्षण गर्ने सोच निर्माणपक्षको छ ।

अर्कोतिर, दशैंको फेस्टिभ मुडमा हलमा एउटा रोमान्टिक लभस्टोरी फिल्म दर्शकले हेर्न पाउने निर्देशक पौडेल बताउँछन् । फिल्ममा नायिका तृप्ती नाडकरका छोरा धिरज नाडकरको पनि अभिनय हेर्न दर्शकले पाउनेछन् । धिरज फिल्ममा सरप्राइज हुने निर्माणपक्षको भनाई छ ।

धिरज मगरले पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाट दर्शकमाझ राम्रो क्रेज बनाएका छन् । यस्तै, अदितीले पनि आफूलाई ‘कृ’ फिल्मबाट प्रमाणित गरिसकेकी छिन् । धिरज नाडकरको अभिनयले दर्शकलाई लोभ्याइसकेको छ । यहीकारण, एउटा हिन्दी र एउटा साथ फिल्मसँग भिड्दा पनि दर्शकको रोजाईमा ‘बाबरी’ पर्ने देखिन्छ ।