संविधान दिवसमा सरकारले गर्यो कलाकर्मीलाई विभूषित प्रदान, को-को परे ? (सूचीसहित)
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विभूषण प्रदान गरेकी छन्।
सरकारको भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गरेकी हुन्। सोमबार मानपदवी, अलंकार र पदकबाट सम्मान गरिएको हो।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को मिति २०७९/५/३१ गतेको सिफारिस अनुसार संविधान दिवसका अवसरमा विभूषण प्रदान गरिएको बताइएको छ।
राष्ट्रपति भण्डारीले नेपाल रत्न (१) पदकसहित जम्मा ९९८ विभूषण प्रदान गरेकी हुन्। जस्मा विभिन्न पदकबाट कलाकारलाई समेत विभूषित घोषणा गरेकी छन् । सरकारले नेपालको कलाक्षेत्र फिल्म, गीत संगीत, नाटक लगायत बिभिन्न विधाबाट गरेर ५८ कलाकर्मीलाई आज विभूषित गरेको हो ।
यस्तो छ सूची
सुकीर्तिमय राष्ट्रदीप
नीर शाह, वरिष्ठ कलाकार
राजेश हमाल, कलाकार
मदनकृष्ण श्रेष्ठ, कलाकार
हरिवंश आचार्य, कलाकार
नन्दकृष्ण जोशी, गायक
सुप्रबल जनसेवाश्री
शम्भु राई (कुथुमी), गायक तथा संगीतकार
प्रदीपलाल श्रेष्ठ, फिल्म निर्देशक
अशोक शर्मा, फिल्म निर्देशक
दीपकराज गिरी, अभिनेता
आलोकश्री (सूर्यकुमार खाती), संगीतकार
दीपक जंगम, संगीतकार
आनन्द कार्की, गायक
अर्जुन श्रेष्ठ, अभिनेता
ज्ञानु राणा, गायिका
कीर्तिमय राष्ट्रदीप
कृष्ण कुमार मल्ल, अभिनेता/निर्देशक
मिथिला शर्मा, कलाकार
प्रबल जनसेवाश्री
मिलन मोक्तान, संगीतकार
सिताराम पोखरेल, गायक
जित बहादुर देउजा, नाट्यकर्मी
निर्मल शर्मा, अभिनेता/निर्देशक
निरुता सिंह, कलाकार
नगेन सिह ठकुरी, कलाकार
विराज भट्ट (भोजराज भट्ट), अभिनेता
दयाहाङ राई, कलाकार
सत्यकला राई, गायिका
जनसेवाश्री
सुनिता दुलाल, लोकगायिका
प्रदीप खड्का, कलाकार
कमल सुनार (सौराग), गायक/संगीतकार
सन्तोष श्रेष्ठ, संगीतकार
दीपक शर्मा, संगीतकार
शिवराम विक, नृत्य निर्देशक
रमेश कोइराला, फिल्म निर्देशक
सनम कठायत, कलाकार
कुमार बस्नेत विक्रान्त, कलाकार
कुलमान नेपाली, गायक
मनोहर सुनाम परियार, कलाकार
डिल्लिनारायण पाण्डे, गीतकार
सुरेशकुमार नेपाल परियार (यशकुमार), गायक
सानुकान्छा शाही, संगीतकार
नेपाल सेवा प्रवीण
प्रभाकर शर्मा, कलाकार
इन्द्रबहादुर खत्री, कलाकार
कृष्णबहादुर बिक, कलाकार
नवीन पौडेल, गायक
किरण गजमेर, गायक
प्रतिक्रिया