विललाई एसएनएल शोमा स्थायी प्रतिबन्ध
हलिउड स्टार विल स्मिथलाई ‘सेटरडे नाइट लाइब(एसएनएल)’ शोले प्रतिबन्ध लगाएको छ । सन् २०२२ को ओस्कर अवार्डमा कमेडियन क्रिस रकलाई थप्पड हानेपछि चर्चामा आएका उनलाई शोले स्थायी रुपले नै प्रतिबन्ध लगाउने निर्णय लिएको हो । एनबीसी स्केच श्रृंखला ओस्कार थप्पड काण्डपछि विललाई स्थायी रुपमा नै प्रतिबन्ध लगाउने निर्णयमा पुगेको छ ।
यो शोमा कमेडियन क्रिस रक महत्वपूर्ण भूमिकामा छन् । उनले सन् १९९० देखि १९९३ सम्म यो शोमा अभिनय गरेका थिए । ‘क्रिससँग विलले जुन व्यवहार गरे, त्यो क्षमायोग्य छैन । त्यसकारण एसएनएलले उनलाई बोलाउने छैन । कार्यक्रम सञ्चालनको त परेको कुरा हो, उनलाई दर्शकबीच बस्ने टिकट पनि उपलब्ध हुने छैन’, शो निकट स्रोतले भनेको छ ।
शोका निर्माताले स्मिथ पुनः शोमा आए भविष्यमा अन्य ठूला स्टार शोमा सहभागी हुन अस्वीकार गर्नेमा चिन्ता व्यक्त गरेका छन् ।
विलकी श्रीमति जेडा पिंकेट स्मिथको मुण्डन शिरमाथि क्रिसले मजाक गरे पनि गत मार्चमा विलले स्टेजमा गएर क्रिसमाथि थप्पड हिर्काएका थिए । यो घटनापछि विलले कैयौं पटक माफी पनि मागिसकेका छन् । तर क्रिसले भने उनको माफीलाई स्वीकारेका छैनन् ।
प्रतिक्रिया