‘अन्तिम संस्कार’को मुहर्तसंगै छायांकन सुरु
फिल्म ‘अन्तिम संस्कार’को छायांकन सुरु भएको छ।
शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘अन्तिम संस्कार’ को शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर हिमाली जिल्ला मुस्ताङ बाट छायांकन सुरु गरिएको हो।
सांस्कृतिक तथा सामाजिक कथा वस्तु समेटिएको ‘अन्तिम संस्कार’को छायांकन गर्न अंग्रज कलाकार विजय लामासहितको युनिट मुस्ताङ पुगेका हुन्। फिल्म युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायांकन सक्काएर बाँकी छायांकन काठमाडौंमा गर्ने बताएको छ।
मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा फिल्म ‘अन्तिम संस्कार’को छायांकन गरिने निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले जानकारी दिए। फिल्म ‘अन्तिम संस्कार’को निर्माता विनोद सुवेदी हुन् भने फिल्मको निर्देशन प्रदीप शाहीले गर्नेछन्। प्रेम खड्का र वोधराज पौडेलले मुस्ताङको छायाँकनको ब्यबस्थापन गर्दैछन्।
झन्डै डेढ करोड लागत रहेको सो फिल्ममा कलाकार विजय लामासहित दिया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई,सश्मिता गिरी र दिग्गज खत्री लगायतको अभिनय रहने छ। फिल्मको छायांकन बाबु श्रेष्ठले गर्दैछन्। निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो फिल्म हो । उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’ प्रर्दशन भई सकेको छ ।
प्रतिक्रिया