सुदर्शन र सुजनविच मिलापत्र

निर्देशक सुदर्शन थापा र पत्रकार सुजन श्रेष्ठविच मिलापत्र भएको छ । जिल्ला प्रहरी कार्यलय, गौशालामा आज दुबैपक्षविच मिलापत्र भएको हो । सुदर्शन थापाले आफ्नो गल्ती स्विकार गरेका छन् भने सुजनले पनि प्रेस काउन्सिलले जारी गरेको आचारसंहितमा रहेर पत्रकारिता गर्ने बताएका छन् ।

मिलापत्रमा साक्षी रहेका रंग पत्रकार बैकुन्ठराज पराजुलीलले मेरो फिल्मसँग भने–‘सुदर्शनजीले पनि आफ्नो गल्ती स्विकार गर्नुभयो । यस्तै, सुजनले पनि पत्रकार आचारसंहितामा रहेर पत्रकारिता गर्ने बताएपछि कुरा मिलेको हो । अब, यो बिषयलाई सामाजिक संजालमा कुनै पनि पक्षले दुष्प्रचार गर्न नपाउने सहमती समेत भएको छ ।’

केही दिन अगाडि सुजनले लेखेको एक समाचारलाई लिएर निर्देशक सुदर्शन थापाले उनीमाथि फोनमा गाली गलौज गरेका थिए । उनले, सुजनको ‘कानको जाली फुटाइदिने’ धम्की दिएका थिए ।

यसपछि, सुजनले गौशाला प्रहरीमा उजुरी दिएका थिए । आज दुबै पक्षको उपस्थितीमा मिलापत्र भएको हो ।