सेन्सरका लागि एक हप्ता अगाडि नै कागजात पेश गर्न विकास बोर्डको निर्देशन
नेपाली फिल्म वा कुनै पनि विदेशी फिल्म सेन्सरका लागि एक हप्ता अगाडि नै बोर्डमा कागजात पेश गर्नुपर्ने भएको छ । चलचित्र विकास बोर्डले दैनिक पत्रिकामा सूचना नै निकालेर कुनै पनि भाषाको फिल्मको सेन्सर अनुमतिका लागि एक साता अगाडि नै बोर्डमा कागजात पेश गर्न निर्देशन दिएको हो ।
बोर्डले सेन्सर प्रक्रियालाई थप व्यवस्थित बनाउनका लागि र कागजातहरुको अध्ययन गर्नुपर्ने भएकाले फिल्म प्रदर्शन हुने मिति भन्दा कम्तीमा एक साता अगाडि दरखास्त पेश गर्न निर्देशन दिएको हो । केही दिन अगाडि मात्र फिल्म ‘ब्रम्हास्त्र’को सेन्सर अनुमतिका लागि वितरकले पूर्ण कागजात पेश नगरेको भन्दै सेन्सर प्रक्रियामा समस्या भएको थियो ।
यसैले, बोर्डले अब कम्तीमा एक साता अगाडि नै कागजात पेश गर्न सूचना नै निकालेर निर्देशन दिएको हो । यस्तै, बोर्डले कुनै पनि भाषाको फिल्म प्रदर्शनका लागि बिहान ६ बजेदेखि बेलुकी ११ बजेसम्म मात्र हल खोल्न पाइने बताएको छ ।
यदि, यो बाहेक अन्य समयमा फिल्म प्रदर्शन गर्नुपरेको खण्डमा जिल्ला प्रशासन कार्यलयबाट लिखित स्विकृती लिएर सोको जानकारी चलचित्र विकास बोर्ड र आन्तरिक राजश्व कार्यलयमा गराउनुपर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया