‘धड्कन २’मा सञ्चिता फाइनल
नायिका सञ्चिता लुइटेलले फिल्म ‘गुलाबी’मा काम गरिरहेकी छिन् । यो फिल्मको छायांकन धम्पुसमा सुरु भएको छ । यो फिल्ममा मुख्य भूमिकामा काम गरिरहेकी सञ्चिताले अर्को हिट फिल्मको सिरिजमा काम गर्ने पनि पक्का भएको छ । सञ्चिताले फिल्म ‘धड्कन २’मा काम गर्ने पक्का भएको यो फिल्मका निर्देशक नरेश पौड्यालले जानकारी दिएका छन् ।
मौनता श्रेष्ठले लेखिरहेको क्राइम लभ स्टोरी फिल्मको छायांकन माघबाट सुरु हुनेछ । यो फिल्मलाई नेपालगञ्जमा खिचिने नरेशले जानकारी दिएका छन् ।
फिल्ममा सञ्चिताको मुख्य भूमिका रहनेछ । साथमा, फिल्मका लागि ५ जना मुख्य कलाकार अडिसनबाट छनोट गरिने उनको भनाई छ । जसमा, ३ जना नायिका र २ जना नायक हुनेछन् ।
फिल्ममा सुरेश अधिकारीको संगीत रहनेछ । फिल्म ‘धड्कन’ले बक्स अफिसमा बम्पर व्यापार गरेको थियो । हिट नामलाई नै सापटी लिएर फिल्म बनाउँदा फाइदा हुने सल्लाहा वितरकहरुबाट पनि पाएकाले बनाउन लागेको नरेशले बताए ।
प्रतिक्रिया